कांग्रेसको पक्षमा समर्थन बढ्दो, एमालेका २ पूर्व सांसदनै कांग्रेसमा

काठमाडौं, १४ कात्तिक —प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेसको पक्षमा समर्थन बढ्दो क्रम देखिएको छ यसैक्रममा एमालेका दुई  निवर्तमान सांसद कांग्रेसमा प्रवेश गरेका छन् एमालेबाट कैलाली क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद मोहनसिंह राठौर र अर्की पूर्वसांसद रविना चौधरी कांग्रेसमा प्रवेश गरेका हुन् मोहनसिंह संसदको सुसासन समितिका सभापति समेत थिए उनीहरुलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् कांग्रेस प्रवेश गरेका राठौरलाई कांग्रेसले कैलालीबाट प्रतिनिधी सभामा उमेद्वार बनाउने निर्णय समेत गरेको बताइएको छ यसैबीच आजै एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई दोस्रो संविधानसभा निर्वाचनमा पराजित गरेर चर्चामा आएका माओवादी केन्द्रका नेता कांग्रेसमा प्रवेश गरेका छन् दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट निर्वाचन लडेका खनाललाई हराउने माओवादी नेता शम्भुलाल श्रेष्ठ काँग्रेसमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?