काठमाडौं । अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी उपसभामुख इन्दिरा रानाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बचाउ गरेको छ ।
चौतर्फी आलोचनापछि विज्ञप्ति जारी गर्दै रास्वपाले भिसा प्रक्रिया छिटो गर्न आग्रह गरे पनि आर्थिक लाभका लागि उपसभामुख नलागेको भन्दै बचाउ गरेको हो ।
सन् २०२३ मा एउटा एनजीओको कार्यक्रममा सहभागि हुन भिसा मिलाइदिन आग्रह गर्दै उपसभामुख रानाले लेखेको पत्र सार्वजनिक भएको थियो ।
‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको थियो । भिसा अन्तर्वार्ताका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदे्न भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी उपसभामुख राना सामाजिक व्यक्तित्व रहेको बताउँदै उनीमाथि अनर्गल प्रचारमात्रै गरिएको रास्वपाको जिकिर छ ।
त्यसो त यसअघि नै उपसभामुख रानाले विज्ञप्ति जारी गर्दै आफूले अनुचित कामका लागि अन्तर्वार्ता माग नगरेको दाबी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया