झलनाथलाई हराउने नेतानै कांग्रेस प्रवेश गरेपछि माओवादीमा खैलाबैला

काठमाडौं , १४ कात्तिक — एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई दोस्रो संविधानसभा निर्वाचनमा पराजित गरेर चर्चामा आएका माओवादी केन्द्रका नेता कांग्रेसमा प्रवेश गरेका छन् दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट निर्वाचन लडेका खनाललाई हराउने माओवादी नेता शम्भुलाल श्रेष्ठ काँग्रेसमा प्रवेश गरेका हुन् खनालले सर्लाहीबाट हारेपनि इलामबाट परे जितेका थिए मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा उनै श्रेष्ठ सहितका माओवादी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् उनलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरे उनीसँगै कांग्रेसमा प्रवेश गर्नेमा प्रेमहरि श्रेष्ठ, इन्द्र बहादुर योञ्जन, लामा दोर्जे मोक्तान, राजु लामा, अभिसेक सुवेदी, यमुना श्रेष्ठ, सुरज डगौरा, उमा डरौला , आदिमाया स्याङ्वा, रामप्रित चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णबीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की, लगायत छन्चुनावको मुखमा माओवादीका प्रभावशाली नेतानै कांग्रेसमा प्रवेशगरेपछि माओवादीमा खैलाबैला मच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?