१ आश्विन २०७८, शुक्रवार

 ‘जनयुद्ध’का २ सहयोद्धाको रोचक भिडन्त

२०७४,कार्तिक,१४,मंगलवार १५:४४


गोरखा, १४ कात्तिक- तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’ का सहयोद्धा बनेका  कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक÷फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहौल रोचक बनेको छ माओवादी जनयुद्धकी एकमात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त छन् । उनीहरूले आफूले जित्ने दाबी गर्दै आएका छन्  नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वामगठबन्धनबाट नहर्की उम्मेदवार बनेकी हुन्  । गोरखाको– २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फ नहर्की मात्रै महिला उम्मेदवार बनेकी छन्  । नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ । उने  कारागार तोड्ने व्यक्तिका रूपमा चिनिन्छिन   । गोरखा कारागारमा रहेका बेला २०५७ चैत १७ गते सुरुङ खनेर उनी बाहिर निस्किएकी थिइन्  नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र राप्रपाको गठबन्धनबाट नयाँ शक्तिका आचार्य सोही क्षेत्रको साझा उम्मेदवार बनेका छन् । माओवादीमा रहदा उनी  तीन पटकसम्म कारागारमा परेका थिए  । जनयुद्धका दुबै पूर्व सहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति शुरु गरेका थिए  विसं २०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य नहर्की र आचार्य एरिया इञ्चार्जसमेत भएकी थिइन्  नहर्कीको संघर्षपूर्ण यात्राकारागारबाट सुरुङ खनेर बाहिर निस्किएकी  नहर्की त्यसअघि पनि पटक÷पटक कारागार परेकी थिन्  । विसं. २०५५ मा माओवादीको पूर्णकालिन कार्यकर्ता बनेकी उनी सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौँंमा एक महिनासम्म कारागार गरिन्  भने०५६ मा फेरी पक्राउ गरेकी उनी  ०५७ मा कारागरार तोडेर पार्टी सम्पर्कमा पुगेकी थिइन्  राजनीतिमा संघर्ष गर्दागर्दै उहाँ एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालिनको कम्पनी कमिसार भइन्  । क्यान्टोनमेन्टमा पुगेपछि बिग्रेड कमाण्डर हुने एकमात्र महिला उनी  अहिले पोलिटब्यूरो सदस्य हुन् राजनीतिमा गरेको संघर्ष चुनाव जित्ने गतिलो आधार रहेको बताउनुहुने नहर्की अहिले चुनावमका लागि घरदैलो कार्यक्रममा छिन्  । यसअघि स्थानीय तह निर्वाचनका बेला गोरखाको प्रमुख पदका लागि उनी  टिकटको दाबेदार थिइन्  तर सो बेला पार्टीले नहर्कीलाई टिकट दिएन, कृष्ण रानाले टिकट पाए पनि काँग्रेसका राजनराज पन्तसँग पराजित भने  । गोरखा– २ (क) प्रदेशमा गोरखा नगरपालिका– ८ देखि १४ वडा पालुङटार नगरपालिका पर्छ राजनीतिमा हरेश नखाएका हरिशरणआचार्य विद्यार्थी नेताको रूपमा चिनिन्छन  । विसं ०५१ मा माओवादी पार्टीको सदस्यता लिएका उनी ०५४ मा पूर्णकालिन कार्यकर्ता भने  । विसं ०५४ मा पहिलोपटक पक्राउ परेका उनी  किसान सम्मेलनमा जाँदा ०५५ मा पक्राउ परी चार महिनापछि छुटेका थिए विसं ०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभएका आचार्य एक वर्षपछि एरिया इञ्चार्ज भएपछि ०६१ मा पोखरामा पुनः पक्राउ परे  । प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएकामा मानवअधिकारकर्मीको दबाबमा छुटेका थिए विद्यार्थी आन्दोलन ०६३ बाट राजनीतिमा थप सक्रिय भएका नी  उपत्यका ब्यूरो सचिवालय सदस्य रहेकै बेला पालुङटार विस्तारित बैठकदेखि डा भट्टराईको विचारमा लागे नयाँ शक्ति जन्मेपछि गोरखा जिल्ला इञ्चार्ज बनेका  आचार्य स्थानीय निकायको निर्वाचनमा पालुङटारको प्रमुखको टिकटका दाबेदार थिए तर उनको  सटृा अशोक देवकोटाले टिकट पाए पनि काँग्रेसका दीपकबाबु कँडेलसँग पराजित भए पालुङटार क्षेत्रमा मात्रै नयाँ शक्तिको मत ३९ सय रहेको स्थानीय तह निर्वाचनमा आएको मतले देखाउँछ । कारागार पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्य बताउचछन्  । विकास र संमृृद्धिका लागि जनताले भोट दिने आचार्यको विश्वास छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा सोमबारदेखि लगाइएको तालाबन्दी पाचौँ दिन कार्यपालिका सदस्यहरुको अपिलमा खुलेको छ । गठबन्धनका दलहरुले नगरपालिकामा देखिएका

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८