१९ मङ्सिर २०७९, सोमवार

रक्सी खाएको बेला यसरी भयो परियारको हत्या

२०७४,कार्तिक,१४,मंगलवार १५:०१

0
Shares

 काठमाडौँ, १४ कात्तिक – महानगरीय अपराध महाशाखाले हत्या आरोपी गोरखा मकैसिंह गाउँपालिका–६ का २२ वर्षीय लालमान श्रेष्ठलाई आज पक्राउ गरेको छ काठमाडौं महानगरपालिका–११ विजेश्वरी बस्दै आएका गोरखा बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा संलग्न रहेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ परियारको नयाँबजारस्थित डेरामा गत कात्तिक ११ गते शव फेला परेको थियो प्रहरीका अनुसार श्रेष्ठले रु ३५ हजार र परियारले रु ४० हजार लगानी गरी नयाँबजारमा ‘नयाँ बजार खाजाघर’ सञ्चालन गर्दै विजेश्वरीमा एउटै कोठामा बस्दै आएकोमा कात्तिक ५ गते रक्सी खाएको बेला खाजाघरको हिसाबकिताबका विषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठले मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारको हत्या गरेका थिए श्रेष्ठले परियारसँग भएको सुनको औंठी, उनको राहदानी र झोला समेत लिई कोठाबाट फरार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १५:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८