डा श्रेष्ठको उम्मेदवारी फिर्ता, ‘कैची’ छाडे

काठमाडौँ, १४ कात्तिक – संखुवासभाबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका डा गुप्तबहादुर श्रेष्ठले वाम गठबन्धलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् नेकपा(एमाले)का प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार वाम गठबन्धनका संयुक्त उम्मेदवार राजेन्द्र गौतमलाई समर्थन गर्दै डा श्रेष्ठले आज एमाले पार्टी केन्द्रीय कार्यालय धुम्रबाहारीमा आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा अगाडि बढाउन वाम गठबन्धन नै उपयुक्त विकल्प भएकाले आफूले उम्मेदवारी फिर्ता लिएको डा श्रेष्ठले बताए स्वतन्त्र उम्मेदवार गौतमलाई जिल्ला निर्वाचन कार्यालय संखुवासभाले ‘कैची’ चुनाव चिह्न प्रदान गरेको थियो । वैधानिक रुपमा आफ्नो उम्मेदवारी कायम रहेको भए पनि आफू वाम गठबन्धनको पक्षमा रहेको उनले बताए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?