२१ मङ्सिर २०८०, बिहीवार

फोरम र राजपाले यसरी गरे सिट बाँड्फाँड

२०७४,कार्तिक,१४,मंगलवार १४:४५

0
Shares

काठमाडौँ, १४ कात्तिक – संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच २ नं प्रदेशको निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको टुंगो लागेको छ चुनावी तालमेलका लागि गठित दुवै पार्टीको कार्यदलले २ नं प्रदेशअन्तर्गत प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवारको टुंगो लगाएको राजपाका महासचिव मनिष सुमनले जानकारी दिए कार्यदलले सोमबार साझा उम्मेदवारको टुंगो लगाएपछि दुवै पार्टीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभाअन्तर्गत फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ निर्वाचन क्षेत्रको सिट बाँडफाँडअनुसार शीर्ष नेतासहित उम्मेदवारको आज रातभरमा टुंगो लगाइने महासचिव सुमनको भनाइ छ । शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेससँग चुनावी तालमेलका लागि वार्ता चलिरहेकाले चाँडै टुंगिने जनाइएको छ यसैबीच संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जना उम्मेदवारको टुंगो लगाएको छ । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं २ र वरिष्ठ उपाध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्ने फोरमका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १४:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन

काठमाडौं । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । बिहीबार पर्यटन

काठमाडौं । सभामुख देवराज घिमिरेलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको छ । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा युनियनले

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६