२० मङ्सिर २०८०, बुधबार

काभ्रेपलाञ्चोकमा निर्वाचन परिचालन कमिटी गठन

२०७४,कार्तिक,१४,मंगलवार १४:३९

0
Shares

बनेपा, १४ कात्तिक – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा वाम गठवन्धनले आज पार्टी एकता संयोजन समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको छ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठवन्धनले संयुक्त पत्रकार सम्मेलन गर्दै बुधबार बेलुकासम्म उम्मेदवारको नामावली पनि सार्वजनिक हुने जानकारी दिएको छ पार्टी एकता संयोजन समितिमा एमालेका पूर्वअध्यक्ष गोकुल बास्कोटा, पूर्वसांसद रामहरि सुवेदी, माओवादी केन्द्रका सह–इञ्चार्जद्वय दीनानाथ गौतम र गंगाबहादुर दोङ, माओवादी पार्टी संयोजक रुकु चौलागाईं, एमाले जिल्ला कमिटीका अध्यक्ष टोकबहादुर वाइवा र सचिव नारायण पाण्डेसहितको सात सदस्यीय रहेको छ त्यस्तै निर्वाचन परिचालन कमिटीमा एमालेका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, माओवादी केन्द्रका पार्टी संयोजक रुकु चौलागार्इं, निर्वतमान सांसद र दुवै पार्टीका जिल्ला सदस्यहरु रहेका छन् गठवन्धनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र परिचालन कमिटी, प्रदेश सभा निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ भने गाउँ तथा नगरपालिकास्तरीय निर्वाचन परिचालन कमिटी पनि गठन भएको जनाएको छ गठबन्धनले मनोनयन लगत्तै १८ गतेदेखि २२ गतेसम्म गाउँ गाउँमा विभिन्न चुनाव लक्षित कार्यक्रम गर्ने उल्लेख गर्दै सबै तह र निकायमा पनि निर्वाचन परिचालन कमिटी गठन गर्ने जनाएको छ सो अवसरमा एमालेका पूर्वअध्यक्ष गोकुल बास्कोटाले विगतका तीक्ततालाई मेटाउँदै त्यसले वामपन्थी आन्दोलनमा भएको क्षतिलाई महसुस गर्ने गरी चुनावी प्रचारलाई तीव्र बनाइने बताए माओवादी केन्द्रका सह–इञ्चार्ज दीनानाथ गौतमले एकताले नयाँ विचारको जन्म गराएको तर्क गर्दै एकता अहिलको आवश्यकता भएको बताए त्यसअघि दुवै पार्टीका विद्यार्थी संगठन, मजदुर संगठन, महिला सङ्घ, संगठन, शिक्षक संगठन लगायतका भ्रातृ संस्थाले गठवन्धनको पक्षमा जनमत बनाउन चुनाव लक्षित कार्यक्रम अघि बढाइने बताएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १४:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार