घाउहरु बल्झिदै छन….

–खेम आचार्यघाम प्यारो हुन लागेछ त! जाडो बढेर हो कि?गरिब दु:खीको कथा ब्यथा धेरै पढेर हो कि ?बिगतमा फर्की सम्झनलाई फुर्सद कहाँ छ रझुपडी बिर्सिएर महलको सिढी चडेर हो कि?घाउहरु बल्झिदै छन पीडा एक्लै भोग्दैछन रेझिक्नै नसक्ने गरि कतै काडो गडेर हो कि?समृद्धिको चर्को नारा गाउँ बस्तीले कहाँ बुझ्छनिकै बोल्न थाल्यौ आजकल प्रेसर बढेर हो कि?हैसियत देखिन्छ कि चुनावमा भन्ने डर पालीभ्रम छर्यौ फ्युजन भन्दै बिचार सडेर हो कि ?(खेम आचार्यको फेसबुक वालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?