प्रचण्डको ब्रिफिङ- ओलीले केही भएको छैन भनेर ढाँटे

लोकपथ
1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्रीले जानकारी गराएको बताए ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?