सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

लोकपथ
728
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

जारी बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरिरहेका छन्।

गत असार १७ गते राति नेकपा एमाले र कांग्रेसबीच नयाँ राजनीतिक समीकरण बनाउने सहमति भएसँगै त्यसबारे छलफलका लागि माओवादीले बैठक बोलाएको हो।

एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन्। प्रचण्डले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?