५ आश्विन २०७८, मंगलवार

चुनावको मुखमा राप्रपालाई ठूलो धक्का 

२०७४,कार्तिक,१४,मंगलवार १२:१९


सिरहा, १४ कात्तिक । नेकपा एमालेबाट प्रदेशशभामा टिकट दिने पक्का भएपछि राष्ट्रिय प्रजातन्त्रत्र पार्टीका केन्द्रिय सदस्य लगनलाल चौधरी तामझाम सहित नेकपा एमालेमा प्रवेश गरेका छन् । चौधरीलाई प्रदेशशभामा सिरहा क्षेत्र नं. १ को ‘क’ निर्वाचनक्षेत्रबाट उम्मेवादरीको लागि टीकट दिने पक्का भएपछि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।  उनलाई आज सिरहाको लहानमा आयोजित चुनावी प्रचार तथा पार्टी प्रवेश कार्याक्रमको आयोजना गरी पार्टीमा स्वागत गरिएको हो चौधरीलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य रामपृत पासवानले अमिर माला लगाएर पार्टी प्रवेश गराएका हुन् । उनीसँगै राष्ट्रिय चुरेभार पार्टीका केन्द्रीय अध्यक्ष शिवप्रसाद तामाङ्ग, नेपाली कांग्रेसका भगिनि संगठन नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्याक्ष विरेन चौधरी, संघिय समाजवादी फोरमबाट सयौंको संख्यामा नेकपा एमाले प्रवेश गरेका छन् । बाम एकतापछि सुरक्षित प्रायः रहेको यो क्षेत्र लगनला चौधरीको प्रवेशले झन उत्साहीत बनेको केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले बताए ।  राप्रपा नेपालबाट लामो सदय राजनीतिमा लागेका लगनलाल चौधरी २०३३ मा राष्ट्रिय पञ्चायत सदस्य, २०३९ को निर्वाचनमा लहान नगर पञ्चायतका प्रमुख र २०४८ सालको स्थानीय निकायको निर्वाचनमा लहान नगरपालीकाका मेयर पदमा विजय भएका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । मंगलबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको मंगलवारको बैठकमा

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ। मंगलबार (आज) न्यायाधीशद्वय

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८