चुनावको मुखमा राप्रपालाई ठूलो धक्का 

सिरहा, १४ कात्तिक । नेकपा एमालेबाट प्रदेशशभामा टिकट दिने पक्का भएपछि राष्ट्रिय प्रजातन्त्रत्र पार्टीका केन्द्रिय सदस्य लगनलाल चौधरी तामझाम सहित नेकपा एमालेमा प्रवेश गरेका छन् । चौधरीलाई प्रदेशशभामा सिरहा क्षेत्र नं. १ को ‘क’ निर्वाचनक्षेत्रबाट उम्मेवादरीको लागि टीकट दिने पक्का भएपछि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।  उनलाई आज सिरहाको लहानमा आयोजित चुनावी प्रचार तथा पार्टी प्रवेश कार्याक्रमको आयोजना गरी पार्टीमा स्वागत गरिएको हो चौधरीलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य रामपृत पासवानले अमिर माला लगाएर पार्टी प्रवेश गराएका हुन् । उनीसँगै राष्ट्रिय चुरेभार पार्टीका केन्द्रीय अध्यक्ष शिवप्रसाद तामाङ्ग, नेपाली कांग्रेसका भगिनि संगठन नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्याक्ष विरेन चौधरी, संघिय समाजवादी फोरमबाट सयौंको संख्यामा नेकपा एमाले प्रवेश गरेका छन् । बाम एकतापछि सुरक्षित प्रायः रहेको यो क्षेत्र लगनला चौधरीको प्रवेशले झन उत्साहीत बनेको केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले बताए ।  राप्रपा नेपालबाट लामो सदय राजनीतिमा लागेका लगनलाल चौधरी २०३३ मा राष्ट्रिय पञ्चायत सदस्य, २०३९ को निर्वाचनमा लहान नगर पञ्चायतका प्रमुख र २०४८ सालको स्थानीय निकायको निर्वाचनमा लहान नगरपालीकाका मेयर पदमा विजय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?