बालकृष्ण प्रकरणमा विप्लव बोल्दा प्रचण्डचाहिँ किन मौन ?

काठमाडौँ, १४ कात्तिक-प्रहरीले माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि विप्लव नेतृत्वको नेकपाले उनको विनासर्त रिहा र मुद्दा खारेजी गर्न माग गरेको छ । तर, वालकृष्णकै पार्टी माओवादी र सोका अध्यक्ष प्रचण्ड भने मौन छन् । उनले न विज्ञप्ति जारी गरेका छन् न कुनै मौभिख अभिव्यक्ति नै दिएका छन् तर विप्लवले भने विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई चाहिँ दोषी बनाएर जेल कोज्ने कार्य भएको भन्दै आपत्ति समेत जनाएका छन् ।विज्ञप्तिमा जनयुद्धका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको उल्लेख समेत गरिएको छ यता माओवादीको भातृ संगठनहरुले भने बालकृष्ण प्रकरणमा विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?