भारतीय गाडीलाई ओभरलोड बोक्न दिए आन्दोलन गर्ने ट्रक व्यवसायीको चेतावनी

रुपन्देही, कात्तिक १४ – राज्यले भारतीय गाडीलाई ओभरलोड बोक्न दिएर नेपाली ट्रक व्यवसायीहरुलाई धरापमा पार्न खोजेको भन्दै ट्रक व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ र वाणगंगा यातायात व्यवसायी समितिको संयुक्त विज्ञप्ति मार्फत आज पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ अन्तर्गतको केन्द्रिय व्यवस्थापन समितिको नीति निर्देशन बमोजिम भारतीय मालवाहक सवारीहरुको कानुन सम्मत भारवहन अनुगमन गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ११७ र सो को नियमावलि २०५४ को नियम १६ (क) नेपाल सरकारद्वारा स्वीकृत भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयद्वारा जारि मालवाहक सवारीको भारवाहन नियमन सम्बन्धी कार्यविधि २०७१ तथा यातायात व्यवस्था विभागको निर्णय विपरित मालसामान निर्वाध रुपमा ढुवानी गरिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, यातायात व्यवस्थापन कार्यालय लुम्बिनी, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, भन्सार कार्यालय बेलहीया रुपन्देही लाई पटक पटक लिखित तथा मौखिक रुपमा कानुन सम्मत भारवहन गर्न गराउन स्वदेश तथा बिदेशी मालवाहक सवारी समेतका हकमा निवेदन, गुनासो गर्न समेत सुनुवाई नभएको हुँदा बाध्य भएर आन्दोलनको विकल्प रोज्नु परेको विज्ञप्तिमा उल्लेख छ अरबौंको लगानी गरि मुलुकभर १३ हजार बढी मजदुरलाई रोजगारी दिन सक्षम भएको नेपाल ट्रक व्यवसायी लाई राज्यले संरक्षण गर्नु पर्नेमा निरुत्साहित गरेकोले बाध्य भएर आन्दोलनको बाटो रोज्नु परेको ट्रक महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले बताए । नेपालको सडकको क्षमता भन्दा बढी मालसामान ओसार पसारमा प्रयोग गरिएका भारतीय गाडीलाई राज्य स्तरबाट संरक्षण गरि सडको अवस्था धरासायी बनाउनुका साथै नेपालमा व्यवसाय गर्ने व्यवसायीलाई धरापमा पारि नेपाली युवालाई बिदेशीन बाध्य पारेकोले आन्दोलन गर्नु परेको पश्चिमाञ्चल यातायता व्यवासायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए नेपाली ट्रक व्यवसायीहरुले मुलुकको जुनसुकै क्षेत्रमा पनि गाडी सञ्चालन गरि सुविधा पु¥याई रहेका बेला प्रहरी प्रशासनले दमन गरि भारतीय गाडी सञ्चालनमा ल्याउनु “आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु जस्तै हो ।” भन्दै ओभरलोड बोकी नेपाल प्रवेश गर्ने गाडीलाई भन्सारबाटै भारमिलान गर्नु पर्ने लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताए । उनले भने “नेपालमा व्यवसायी गरि हजारौं युवालाई रोजगार दिइरहेका बेला राज्यले दमन गर्नु निन्दनीय कार्य हो ।” दैनिक ७० देखि १८० ओटा सम्म भारतीय गाडी नेपाल आउने र जसमध्ये ६० प्रतिशत गाडीले ओभरलोड सामान बोक्ने गरेको अध्यक्ष खरेलले बताए दुई ओटा नेपाली ट्रकले बोक्ने सामान भारतीय एक ओटा ट्रकले बोक्दा सडकको अवस्था जिर्ण बन्नुका साथै दुर्घटना बढ्दै जाँदा भारतीय गाडीलाई कानुन विपरित छुट दिएको प्रति बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले खेद प्रकट गरे । उनले भने “भन्सारले ४० टनको प्रज्ञापनपत्र काटेको गाडीलाई पुनः काँटा गर्दा ५२ टन सम्म फेला परेकोले भन्सार कार्यालय र प्रहरी प्रशासन मिलेर काम गरेको शंका छ ।” राज्यले नेपाली ट्रक व्यवसायीलाई दमन गरि भारतीय गाडीलाई प्रोत्साहन गर्ने गरेकोले बाध्य भएर आन्दोलनको विकल्प रोज्नु परेको अध्यक्ष न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?