३ आश्विन २०७८, आईतवार

नियन्त्रण भएन विद्ध्युत चोरी

२०७४,कार्तिक,१४,मंगलवार १०:३८


ललितपुर, १४ कात्तिक –  जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उनको भनाइ छ च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा विद्युत् चुहावट बढी हुने गरेको सिंहले बताए । उनी भन्छन, “स्थानीयको मानसिकता परिवर्तन नगरी चुहावट नियन्त्रण हुँदैन ।”कार्यालयले नियमित अनुगमन गरिरहेको छ । स्थानीय टोल सुधार समिति र प्रशासनसँग मिलेर विद्युत् चुहावट भए/नभएको अनुगमन भइरहेको छ । अनुगमनका लागि स्थानीय निकाय अग्रसर हुनुपर्नेमा सिंहको जोड छ । उनी भन्छन, “स्थानीय निकायले गर्दा बढी प्रभावकारी हुन सक्छ ।”गत साउनमा मात्रै विद्युत् चुहावट १७.१३ प्रतिशत छ । गत आवको चुहावट १२.६१ प्रतिशत रहेको थियो । आव २०७२/७३ मा १२ प्रतिशत र आव २०७१/७२ मा १८.८९ प्रतिशत विद्युत् चुहावट रहेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

तनहुँमै पीसीआर परीक्षण
 २०७८,आश्विन,३,आईतवार ११:२६