१४ मङ्सिर २०८०, बिहीवार

बालकृष्ण पक्राउ पर्दा माओवादीमा रुवाबासी, रामहरि खतिवडा किन भए यतिधेरै खुसी ?

२०७४,कार्तिक,१४,मंगलवार ०९:५४

0
Shares

काठमाडौँ, १४ कात्तिक – ‘गणतान्त्रिक योद्धा बालकृष्ण ढुंगेल अपराधीका रुपमा जेल बस्नुपर्छ भने म पनि अपराधी हुँ सरकार ! मलाई पनि जेल हाल ।’केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ललितपुरको सातदोबाटोबाट पक्राउ परेको खबर आगोसरी फैलिएसँगै प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले सामाजिक सञ्जालमा यस्ताे लेखे । उनले मात्रै होइन माओवादी समर्थक र माओवादीबाट छुट्टिएर बनेको नयाँ शक्ति नेपालका समर्थकले समेत ढुंगेल पक्राउको विरोध गरेका छन् । उनीहरुले तत्काल ढुंगेलको रिहाइको माग गरेका छन् यो सामाजिक सञ्जालको कुरा भयो । माओवादी केन्द्रमा समेत ढुंगेल पक्राउले हंगामा भएको छ । चुनावको मुखमा आफ्ना नेता पक्राउ गरिएको भन्दै माओवादीले आपत्ति जनाएको छ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले ढुंगेल पक्राउ दुर्भाग्यपूर्ण भएको बताइन्‘विस्तृत शान्ति सम्झौताको प्रावधानअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको अवस्थामा उसको क्षेत्राधिकार बाहिर गएर पक्राउ गर्नु दुर्भाग्यपूर्ण छ’, भुषालले भनिन् ‘निर्वाचनको मुखमा पक्राउ गर्ने व्यवहारले गम्भीर षड्यन्त्रको संकेत गर्छ।’यस्तै माओवादी केन्द्रका नेता तथा प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले उनको तत्काल रिहाईको माग गर्दै उनको जीवन रक्षाको माग गरेका छन् । ढुंगेलको स्वास्थ्य अवस्था ठीक नभएको बताइन्छ ढुंगेल पक्राउमा एमाले भने अहिलेसम्म बोलेको छैन। एमाले मौन बसिरहेको बेला नेपाली कांग्रेस समर्थकहरु भने अभियुक्तलाई दोषी पक्राउ परेको खुसी भएका छन् । अझ खुसी त ओखलढुंगाका कांग्रेस नेता रामहरि खतिवडा खुसी भएको बताइन्छ । डुंगेल जेल जाँदा उनलाई राजनीतिक रुपमा फाइदा हुने बताइन्छ हाल एकमात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा रामहरि पुन चुनावी मैदानमा छन् भने ढुंगेलको प्रभाव नहुने हो भने उनलाई जित्न सहज हुने बताइन्छ पहिलो संविधानसभा निर्वाचनमा माओवादीकै कारण चुनाव हार्ने डरले उनी चुनाव लडेका थिएनन् । दोस्रो संविधानसभामा भने ढुंगेल रिङबाट बाहिर हुँदा खतिवडाले बाजी मारेका थिए । त्यतिबेला खतिवडा र ढुंगेलको निर्वाचन क्षेत्र एकै थियो । तर, ढुंगेल सर्वोच्चबाट दोषी ठहर भएकाले माओवादीले पेशल खतिवडासँग चुनावी मैदानमा उतारेका थियो भने माओवादीलाइ पराजित गर्दै क्षेत्र नम्बर २ बाट खतिवडा विजयी भएका थिए अब माओवादीका एक हस्ती नै जेल पुगेपछि सो पार्टी कमजोर भएको विश्लेषणसहित खतिवडा आफ्नो पक्षमा माहोल बनेको भनि उत्साहित रहेको बताइएको छ ।  ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका बालकृष्ण आज ललितपुरको सातदोबाटोबाट पक्राउ परेका थिए २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियोओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो उनी डिल्लीबजार कारागार चलान भएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०९:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८