१९ मङ्सिर २०७९, सोमवार

उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना

२०७४,कार्तिक,१४,मंगलवार ०९:२५

9
Shares

काठमाडौँ, १४ कात्तिक पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशको पूर्वी, मध्य र पश्चिमी भेगमा बदलीका साथै केही स्थानमा वर्षात् भएको छ उक्त प्रणालीको प्रभावले देशको अधिकांश भागमा बदली र मध्यका केही र पूर्वी भेगमा वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम भेगमा तुलनात्मक रुपमा कम प्रभाव छ । बंगलादेश आसपासको न्यूनचापीय क्षेत्रका कारण पूर्वी क्षेत्रमा अझै बढी असर देखिएको तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ उच्च वायुमण्डलमा तीन चार दिनअघिदेखि रहेको न्यूनचापीय क्षेत्र बुधबारदेखि बाहिरिने भए पनि मध्य वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको असरले पहाडी क्षेत्रमा बदली र छिटफुट वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालको भनाइ छ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षात् भएपछि केही चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको बितेको २४ घण्टाको विवरणानुसार देशका पूर्वी भेगका अधिकांश स्थानमा वर्षात् भएको छ । धनकुटामा १५ र विराटनगरमा १० र ओखलढुंगामा दुई मिमी वर्षात् भएको छ आज सबैभन्दा कम जुम्ला एक र सबैभन्दा कम भैरहवामा ३२ डिग्री सेल्सियस छ । काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०९:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८