बालकृष्ण ढुंगेल पक्राउ

ललितपुर, १४ कात्तिक ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् उनलाई ललितपुरको सातदोबाटोबाट  मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियोसो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?