दाजुद्वारा बहिनीको हत्या

लोकपथ
13
Shares

काठमाडौं । रौतहटमा आफ्नै बहिनीको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर ८ नरकटिया टोल बस्ने २२ वर्षीय दिपेन्द्र कुमार राम रहेका छन् । दिपेन्द्रले हिजो (आइतबार) आफ्नै बहिनी २० वर्षीया तेतरी कुमारी रामलाई घरायसी विवादको कारण रिस आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते भएकी तेतरीको उपचारको क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको थियो ।
दिपेन्द्रलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?