द्वन्द्वकालीन मुद्दामा माओवादी नेता ढुंगेल पक्राउ

ललितपुर, १४ कात्तिक ।द्वन्द्वकालीन मुद्दामा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । उनलाई ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले उनी सातदोबाटोबाट पक्राउ परेको पुष्टि गरे २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियोसो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियोउनलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी सातदोबाटो पुगेको थियो यसैबीच उनलाई आजै जिल्ला अदालत काठमाडौंमा पेस गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?