२० मङ्सिर २०८०, बुधबार

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

२०७४,कार्तिक,१४,मंगलवार ०५:२७

0
Shares

गाईघाट, उदयपुर, १४ कात्तिक उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन् सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो भाउजू सुमनी सदाले भाइले दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा सुमनीको पनि हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इप्रका, रामपुरका प्रमुख सुवास राईले बताए दाजुको हत्यालगत्तै कृष्ण भने फरार रहेको र हाल प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०५:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

ताजा समाचार