काठमाडौं । ६० केजी सुन तस्करीमा भारतमा पक्राउ परेको दुई जनालाई नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग कनेक्सन देखिएको छ।
तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए। ६० केजी सुन तस्करी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।
दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० पुगेको ब्युरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया