एमाले र माओवादीलाई गाली गर्दै कांग्रेसले तयार पार्यो ८४ पेज लामो घोषणापत्र

काठमाडौँ, १४ कात्तिक — प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्रको संरक्षण, सामाजिक न्याय र आर्थिक समृद्धिका साथै एकीकृत सामाजिक सुरक्षा तथा सुशासन, संघीयताको कार्यान्वयनलगायत विषय समेटिएको घोषणापत्र तयार गरेको छ ८४ जेज लामो घोषणापत्रमा कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र सम्बृद्धिको वाधक भनेको छ । एमालेले मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै अशोभनीय टिप्पणी गरेको र अहिले अतिवाद एवं नक्कली राष्ट्रवादको पासोमा पर्दै गरेको कांग्रेसको विश्लेषण छ कांग्रेसले माओवादीलाई पनि एमालेलाई जस्तै कडा आलोचना गर्दै माओवादीमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको बताएको छ । प्रचण्ड नेतृत्वको माओवादी अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बनेको आरोप लगाएको छ आफ्नो प्रशंशा गर्दै कांग्रेसले विगत २५ वर्षमा आफ्नो नेतृत्वमा मुलुकमा भएका विकासका विवरणसहित उल्लेखित घोषणापत्रमा विद्यालय र कलेजको सहज पहुँच गाउँ गाउँसम्म पुगेको, कालोपत्र सडक विस्तार, उच्च शिक्षा लिने विद्यार्थीको संख्यामा वृद्धि, वाल मृत्युदर घटेको, विद्युत क्षमता बढेको, स्वास्थ्य चौकी र शौचालयको संख्यामा उल्लेख्य वृद्धि भएकोलगायत विषय प्रस्तुत गरेको छ अबको १० वर्षमा काँग्रेसले देखेको नेपाल भनी घोषणापत्रमा ‘काँग्रेसको विकास दृष्टि र लक्ष्य”सहित विभिन्न बुँदा प्रस्तुत गरेको छ साथै, पार्टीले काठमाडौं–मधेस एक्सप्रेस–वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना अघि सारेको छ  कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको काँग्रेसको दाबी छ एमाले र माओवादी केन्द्रको गठबन्धनले सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको ठहर गर्दै काँग्रेसले त्यस्तो प्रयास कुनै हालतमा स्वीकार्य नहुने दृढता जनाएको छ मधेसकेन्द्रित दलहरु सम्वाद र सहकार्यमा आएको भन्दै स्वागत गरेको काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँग विश्वसनीय सहकार्य गर्ने उल्लेख गरेको छ काँग्रेसले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने, प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प गर्दै पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक राजनीतिक अभियान चलाउने वाचा पनि गरेको छ । घोषणापत्रको विस्तृत विवरण आज  विशेष कार्यक्रमसहित सार्वजनिक गर्ने पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?