तीजमा अमेरिका नचाउँदै रचना रिमाल र शान्ति श्री परियार

लोकपथ
182
Shares

काठमाडौं । नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

फ्लाई नेपाका सिइओ विनोद अधिकारीले देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको जानकारी गराएका छन् ।

अधिकारीका अनुसार यो नचाउने यात्रामा देशका चर्चित गायिका शान्ति श्री परियार , रचना रिमाल र ज्योति मगरले सहभागिता जनाउनेछन् । यसैगरी यो यात्रामा लोकदोहोरीकी चर्चित मोडल करिष्मा ढकालको पनि साथ रहनेछ ।

आयोजक विनोद अधिकारीले तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुने कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन् ।

‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो । यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवर्द्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छ,’ अधिकारीको भनाइ छ ।

आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।

फ्लाई नेपाकै आयोजनामा यसअघि भएको ‘अब हाँस्छ अमेरिका’मा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीको टोलीले यही जनवरीदेखि फ्रेब्रुअरीसम्म अमेरिकाका विभिन्न १४ राज्यमा हाँस्य प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?