कुलोमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु

लोकपथ
897
Shares

काठमाडौं । कैलालीमा गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका– ५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो।

जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्कि कुलोको इन्टेकमा नुहाउने क्रममा उनी मंगलबार दिउँसो पानीमा डुबेका हुन्। सात जना सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता भएका थिए। प्रहरीका अनुसार विष्ट एसईई परीक्षा दिएर बसेका विद्यार्थी हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार उनलाई साँझ ५ बजेतिर फेला पारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?