यी हुन् भारतीय गृहमन्त्रीबाट ‘वेस्ट अवार्ड’ पाउने प्रहरी इन्स्पेक्टर

काठमाडौँ, १४ कात्तिक- भारतसहित चार देशका प्रहरीको संयुक्त तालिम IPS 69 RR मा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेशराज पुरीले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् ।उनलाई भारतका गृहमन्त्री राजनाथ सिंहले उक्त ‘बेस्ट अवार्ड’ प्रदान गरेका हुन् । दीक्षान्त समारोहमा राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकरी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी, प्रहरी उपरीक्षक बिनोद घिमिरे र प्रहरी नायव उपरीक्षक भुपेन्द्र खत्री सहभागी भएका थिएभारतको हैदरबादमा तालिम केन्द्रमा हरेक वर्ष हुने तालिममा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुने गर्द्छन। यो वर्ष नेपालका पाँच प्रहरी निरीक्षक लगायत भुटान, माल्दिप्स सहित जम्मा १३६ जना सहभागी भएका थिएका थिएपुरीले १० महिना तालिम लिँदा हप्ता तथा महिना हुने अभ्यासमा दर्जनौं गोल्डमेडल हासिल गरेका थिए। अन्तिम समयमा हुने प्रशिक्षण प्रतिभामा पनि पुरीले सबैलाई पछि पार्दै बेस्ट अवार्ड जित्न सफल भएका हुन्‘सो तालिम आफूलगायत नेपाल प्रहरीका तर्फबाट बेस्ट अवार्ड प्राप्त गरेकोमा गर्व लागेको छ,’ प्रहरी निरीक्षक पुरीले भने। यसअघि सो तालिम हालका एआईजीहरू देवन्द्र सुवेदी, डिआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल, राजेन्द्रमान श्रेष्ठले पनि लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?