यसरी मिल्यो २ हेभीवेटको भागबन्डा, महराले मारे बाजी

घोराही, १४ कात्तिक – वाम गठबन्धनले दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारीको टुंगो लगाएको छ। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नजेकृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गरेपछि टिकट बाँडफाँटमा समस्या भएको थियो। महरा प्रतिनिधिसभा र पोखरेल प्रदेशसभा सदस्य उम्मेदवार हुने गरी टिकटको टुंगो लागेको होएमाले जिल्ला अध्यक्ष टीकाराम खड्काले आफ्नो पार्टीका सबै उम्मेदवारको टुंगो लागिसकेको र माओवादी केन्द्रबाट प्रदेशसभातर्फ दुई उम्मेदवार टुंगिन बाँकी रहेको जानकारी दिए। दाङमा प्रतिनिधिसभातर्फ दुई क्षेत्र एमालेलाई र एउटा क्षेत्र माओवादी केन्द्रले लिएका छन्। एमालेले प्रदेशसभासहित ६ र माओवादी केन्द्रले तीन क्षेत्र पाएका छन्, अन्नपूर्णले खबर छापेको छ एमालेले क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाउने भएको छ। प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रका इन्द्रजित थारू, (२)मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्नेछन्। क्षेत्र नम्बर ३ मा हीराचन्द्र केसी प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नेछन् भने प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रले उम्मेदवार उठाउनेछ। (२) एमालेका उत्तर ओली उम्मेदवार हुने पक्का भएको छक्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि माओवादीका महरा उम्मेदवार बन्दै छन् भने प्रदेशसभातर्फ (१) मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल र (२)मा एमालेकै अमरबहादुर डाँगी उम्मेदवार बन्नेछन्। कांग्रेसले भने अहिलेसम्म दाङमा उम्मेदवार छनोट गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?