१६ मङ्सिर २०८०, शनिवार

तरकारीको भाउ थोकमा सस्तियो, खुद्रामा घटेन

२०७४,कार्तिक,१४,मंगलवार ०२:१५

0
Shares

काठमाडौँ, १४ कात्तिक – तिहार र छठ सकिएसँगै कालिमाटीस्थित थोक बजारमा तरकारीको भाउ केही सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो महसुस गर्न सकेका छैनन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको एक साताको बीचमा तरकारीको भाउ ५१ प्रतिशतसम्म सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो अनुभव गर्न नपाएको बताएका छन् । कङ्लकी निवासी विन्दु अधिकारीले तिहारपछि तरकारीको भाउ सस्तो भने पनि वरपरको पसलमा झन् महँगो भएको अनुभव सुनाइन् । समितिका अनुसार तिहारको मुखमा बढी खपत भएका तरकारीमा गोलभेंडा, काउली, बन्दा, च्याउ, बोडी, परवर, मुला, काँक्रो, मोटरकोसा, सिमी, आलुलगायतका तरकारी महँगिएको थियो, अहिले थोक बजारमा केही सस्तो भएको छ तर खुद्रा बजारमा त्यस्ता तरकारी झन् महँगामा बिक्री गरिरहेका छन् । कालिमाटीकै खुद्रा बजारमा थोकको तुलनामा कुनै पनि तरकारीको भाउ सस्तो भएका छैनन् । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्याङ्क अनुसार तिहारको समयमा थोक बजारमै प्रतिकेजी १३५ रुपियाँ पुगेको स्थानीय काउली अहिले घटेर ९५ रुपियाँमा झरेको छ । यस्तै बन्दा, भन्टा, बोडी काँक्रो, सिमी, मुला, गोलभेंडा, आलुको मूल्य पनि तिहारको भन्दा १५ देखि ५० प्रतिशतले घटेको छ भने सुकेको प्याज भने १० प्रतिशतसम्म बढेको छ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३