जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

लोकपथ
845
Shares

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?