१४ मङ्सिर २०८०, बिहीवार

तरकारीको भाउ थोकमा सस्तियो, खुद्रामा घटेन

२०७४,कार्तिक,१४,मंगलवार ०१:१४

0
Shares

काठमाडौँ, १४ कात्तिक – तिहार र छठ सकिएसँगै कालिमाटीस्थित थोक बजारमा तरकारीको भाउ केही सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो महसुस गर्न सकेका छैनन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको एक साताको बीचमा तरकारीको भाउ ५१ प्रतिशतसम्म सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो अनुभव गर्न नपाएको बताएका छन् कङ्लकी निवासी विन्दु अधिकारीले तिहारपछि तरकारीको भाउ सस्तो भने पनि वरपरको पसलमा झन् महँगो भएको अनुभव सुनाइन् समितिका अनुसार तिहारको मुखमा बढी खपत भएका तरकारीमा गोलभेंडा, काउली, बन्दा, च्याउ, बोडी, परवर, मुला, काँक्रो, मोटरकोसा, सिमी, आलुलगायतका तरकारी महँगिएको थियो, अहिले थोक बजारमा केही सस्तो भएको छ तर खुद्रा बजारमा त्यस्ता तरकारी झन् महँगामा बिक्री गरिरहेका छन् । कालिमाटीकै खुद्रा बजारमा थोकको तुलनामा कुनै पनि तरकारीको भाउ सस्तो भएका छैनन् कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्याङ्क अनुसार तिहारको समयमा थोक बजारमै प्रतिकेजी १३५ रुपियाँ पुगेको स्थानीय काउली अहिले घटेर ९५ रुपियाँमा झरेको छ । यस्तै बन्दा, भन्टा, बोडी काँक्रो, सिमी, मुला, गोलभेंडा, आलुको मूल्य पनि तिहारको भन्दा १५ देखि ५० प्रतिशतले घटेको छ भने सुकेको प्याज भने १० प्रतिशतसम्म बढेको छ, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०१:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८