२ आश्विन २०७८, शनिवार

मलाई कारबाही नहोस् भन्दै आफैं सर्वोच्च पुगे आयोगका प्रमुख, के छ जवाफमा ?

२०७४,कार्तिक,१४,मंगलवार ०२:०८


काठमाडौँ, १४ कात्तिक – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ एउटै मतपत्रबाट चुनाव गराउन लागेको भन्ने विवाद आधारहीन रहेको जवाफ दिएका छन् राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको अदालतको अवहेलना मुद्दामा डा. यादवले सोमबार सर्वाेच्च अदालतलाई यस्तो लिखित जवाफ दिएका हुन् । उनले एकै मतपत्रबाट निर्वाचन गराउन लागेको भन्ने जिकिर तथ्यहीन रहेकोसमेत उल्लेख गरेका छन् चारै जना निर्वाचन आयुक्तसहित प्रमुख निर्वाचन आयुक्त डा. यादव स्वयं लिखित जवाफ लिएर सर्वाेच्च अदालत पुगेका थिए । अदालतले उनलाई स्वयं उपस्थित हुन भने आदेश गरेको थिएन ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकोमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग छाप्ने सम्बन्धमा निर्वाचन आयोगले गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा भन्नेसमेत बेहोराको आदेश भएको हुँदा आयोगले मिति २०७४ कात्तिक १२ मा अदालतको आदेशको भावना र मर्म समेतलाई सम्मान गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन तर्फको मतपत्र बेग्लाबेग्लै पानामा छपाउने निर्णय हुँदा मैले संस्थागत, पदीय वा व्यक्तिगत कुनै हैसियतमा सम्मानित अदालतको आदेशको अवज्ञा हुने गरी काम नगरेकोले निवेदकले माग गरेबमोजिम अदालतको अवहेलनामा मउपर कारबाही हुनुपर्ने अवस्था नदेखिएको हुँदा उक्त अवहेलना मुद्दा खारेज गरी पाऊँ’, उनको जवाफमा उल्लेख छ उनले अदालतको आदेशको मर्म र भावनाविपरीत हुने गरी कुनै पनि काम नगरेको स्पष्ट पार्दै अदालतको आदेश अनुसारकै मतपत्र जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छाप्ने काम भइरहेको पनि उल्लेख गरेका छन् । परिमार्जित मतपत्र अनुसारका आवश्यक व्यवस्थापनका लागि परिपत्रसमेत भइसकेको जानकारी यादवले अदालतलाई गराएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९
आँधीका कारण जापानका ४९ उडान रद्ध
 २०७८,आश्विन,२,शनिवार १४:४७
जनगणनाका लागि सुपरीवेक्षक गाउँ-गाउँमा
 २०७८,आश्विन,२,शनिवार १४:२७