विनोद चौधरी काँग्रेसको समानुपातिकमा, देउवाले लेखे यस्तो चिठी

काठमाडौँ, १४ कात्तिक – विश्वमै ख्यातिप्राप्त मानिने फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा बर्सेनि समावेश हुँदै आएका एकमात्र नेपाली उद्योगपति विनोद चौधरीलाई नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ चौधरी यसअघि नेकपा (एमाले)बाट समानुपातिक सांसद रहेका थिए । नेपाली काँँग्रेसमा प्रवेश गरेपछि चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको पार्टी सचिवालयले जनाएको छ नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगपति चौधरीलाई मङ्गलबार एक पत्र लेख्दै नेपाली काँग्रेसमा स्वागत गरेका छन । देउवाले चौधरीलाई लेखेको पत्रमा नेपाली अर्थतन्त्रको विकासमा विशेष क्षमता प्रदर्शन गरेका व्यक्तिहरूलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिकामा नेपाली काँग्रेसले राख्न चाहेको उल्लेख गर्दै भनेका छन् , “नेपाली काँग्रेसले लिएको मुलुकको आर्थिक विकासको अभियानमा तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्नसक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नसक्ने विश्वास लिएको छु । ”उद्योगपति चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष, नेपाल उद्योग परिसङ्घको पूर्वअध्यक्ष र हाल परिसङ्घकै इमिरेट्स हुन् । सभापति देउवाले नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउने उद्यमी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, वर्तमान र पूर्वपदाधिकारीलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफूले आग्रह गर्दै आएको पनि स्पष्ट गरेका छन्, गोरखापत्रमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?