२ जना मृत अवस्थामा फेला

लोकपथ
266
Shares

काठमाडौं । विभिन्न स्थानमा दुई जनाको शव फेला परेको छ ।

पर्वतको कुश्मा नगरपालिका–५ स्थित गोपाङघाट जाने भिरमा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ गुम्बामा लेवर काम गर्ने गुल्मी चन्द्रकोट गाउँपालिका–७ घर भएका ५१ वर्षीय प्रकाश माझी रहेका छन् । गत जेठ २० गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको हो ।

यसैगरी नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–२ गुहेरीस्थित सारू टोलस्थित खोला किनारमा एक जनाको शव फेला परेको छ । सोही गाउँपालिका–२ गुहेरी बस्ने ५५ वर्षीय धन बहादुर वयम्बु मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?