अवैध लागुऔषधसहित एकजना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । काभ्रेमा अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

पनौती नगरपालिका–७ बसपार्कबाट अवैध लागुऔषध गाँजा १६ ग्राम, गाँजाको धुलो (पोल्याण्ड) ३० ग्राम, सिरिन्ज ३ सेट र नुर्फिन ३ एम्पुलसहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–७ एलोछे टोल बस्ने २९ वर्षीय सरोज देउजा रहेका छन् ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?