लाईट स्टोन देखाई ठगी गर्ने ३ जना पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । भक्तपुरमा लाईट स्टोन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोट शिवपुरि गाउँपालिका–३ घर भई हाल काठमाडौं सितापाईला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका–५ घर भई हाल भक्तपुर दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

अमर बहादुरले आफूसँग लाईट स्टोन छ भन्दै लगानी गर्नु फाईदा हुन्छ भनि पीडितलाई प्रलोभन देखाई जेठ २१ गते भक्तपुर सूर्यविनायक नगरपालिका–४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?