भरत ताल निर्माण गर्दा बालुवा र गिट्टीमा भ्रष्टाचार भएको अख्तियारको ठहर, पूर्व मेयर थापासहित ६ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
343
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा बनेको भरत ताल निर्माणका क्रममा बालुवा तथा गिट्टीमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मङ्गलवार अख्तियारले निलम्बित मेयर भरत थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारले भरत ताल निर्माण गर्दा उत्खनन भएको बालुवा र गिट्टीको वास्तविक परिमाण नदेखाई कम परिमाण देखाइएको र त्यसबाट राज्यलाई कम्तीमा ३० करोड हानी भएको भन्दै तत्कालीन मेयर भरत कुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

विशेष अदालतका प्रवक्ता नरहरि घिमिरेका अनुसार मङ्गलवार निलम्बित मेयर भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मुक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना शाखा प्रमुख इञ्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथर चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?