बाग्मतीका निलम्बित मेयरविरुद्ध अख्तियारको अर्काे मुद्धा, ३० करोड बढी भ्रष्टाचार गरेको दाबी

लोकपथ
119
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध ३० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अर्को मुद्दा दायर गरिएको छ । थापाविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको हो ।

अख्तियारले मंगलबार दायर गरेको मुद्धा भने नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवासँग सम्बन्धित छ । अख्तियारले उनीमाथि नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसमेत ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्धामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?