युरोप पठाउने भन्दै १५ करोड ठगी, गिरोहका तीन सदस्य पक्राउ

लोकपथ
252
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै ठगी गर्ने गिरोहका तीन सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर १८ का राजकुमार भट्ट, कास्की पोखरा ८ घर भई चितवन बस्ने पवन पन्त र कास्कीकै माछापुच्छ्रे ८ का नवीन बिक रहेका छन् । मङ्गलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको उनीहरूलाई आरोप लागेको छ ।

सन् २०२२ बाट सुरु भएको ठगी धन्दामा हालसम्म ३ सय जनाभन्दा बढी पीडित रहेको पाइएको छ । उनीहरुले न्युजील्याण्ड, फ्रान्स, कम्बोडिया लगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति ५ देखि १० लाख रुपैयाँसम्म लिएको पाइएको छ ।

उनीहरुविरुद्ध वैदेशिक रोजगार ठगीमा अनुसन्धान गरी मुद्दा बुझाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?