हेटौँडा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोमा आपत्ति

लोकपथ
35
Shares

हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले राज्यको स्वामीत्वमा रहेको हेटौँडा अस्पताललाई एक राजनीतिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरण गरिएको विषयप्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले आम नागरिकलाई सहज, सरल र सस्तो एवम सुलभमा मूल्यमा उपचार सेवा प्रदान गरिरहेको अवस्थामा प्रतिष्ठानमा गाभिंदा अस्पतालको अस्तित्व र गरिमा माथि नै प्रहार गरिएको बताए ।

उनले राज्यको सम्पत्ति र आमनागरिकको अधिकार माथी कुचेष्टा नगर्न आग्रह समेत गरे । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?