प्रतिनिधि सभाको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरु

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विभिन्न शीर्षकमाथि छलफल सुरु भएको छ ।

प्रतिनिधिसभा बैठकमा मंगलबारबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल सुरू भएको हो ।

प्रतिनिधि सभाको आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ ।

छलफलका क्रममा सांसदहरूले विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

विभिन्न शीर्षकमाथिको छलफलपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र आगामी असार ७ गते बजेट पारित गर्ने संसद सचिवालयको तयारी छ । संसदमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?