फुटेर होइन जुटेर फुटबलको विकासमा लाग्न आग्रह

लोकपथ
28
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मरणमा स्मृति सभा आयोजना गरेका छन् ।

मंगलबार फुटबल खेलको विकास र विस्तारमा समर्पित श्रेष्ठको सम्झनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्मृति सभा आयोजना गरेको हो ।

श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोर्यााउनको लागि अग्रणी भूमिका निर्वाह गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए । 

उनले भने, ‘ललित दाइको जति पनि मैंले संगत गरे उहाँको खराब पक्ष भनेको एउटा मात्र देखें–उहाँ सबैको पक्षमा बोल्नुहुन्थ्यो । एकतामा नै विकास हुन्छ भन्ने हिसाबले उहाँले काम गर्नुहुन्थ्यो ।’

यसको साथै, उनले एन्फाका नेतृत्वहरु र सरोकारवालाहरु सबैलाई नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढेमात्र ललितकृष्णप्रतिको श्रद्धा हुने बताए । 

उनले भने, ‘एन्फा हाँकिसक्नु भएका नेतृत्वहरुलाई के अनुरोध गर्न चाहन्छु भने तपाईंहरु साच्चै नेपाली फुटबलको विकास चाहनुहुन्छ भने फुटबलको विकासका लागि सुझाव लिएर आउन अनुरोध गर्दछु । हामी स्वीकार गर्न तयार छौं । सरोकारवालालाई पनि अनुरोध गर्छु नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ । यो नै ललित दाइप्रतिको श्रद्धा हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?