गण्डकीमा मन्त्रिपरिषद् विस्तार, देवकोटा र दीपक मनांगेले लिए शपथ

लोकपथ
98
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएको भोलिपल्टै मंगलबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

विश्वासको मत दिएर आफू नेतृत्वको सरकार जोगाउन विशेष भूमिका खेलेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र ‘स्वतन्त्र’ सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुले दुबै जनाले आज मंगलबार दिउँसो शपथसमेत लिइसकेका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए । उनी माओवादी कोटाबाटै संसदको सामाजिक विकास समितिको सभापतिको भूमिकामा थिए । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जिते पनि उनले आफूलाई अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका छन् ।

६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पु¥याउने बताउँदै आएका मनाङका स्वतन्त्र सांसद मनाङे दोस्रो पटक भौतिक मन्त्री बनेका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिकअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए । मनाङे गण्डकीमा छैटौं पठक मन्त्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?