गण्डकीमा दीपक मनांगे र फणिन्द्र देवकोटा मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम

लोकपथ
973
Shares

पोखरा । विश्वासको मत दिएर आफू नेतृत्वको सरकार जोगाउन साथ दिएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र ‘स्वतन्त्र’ सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा समेट्ने भएका छन् । दुबै जनाको आज मंगलबार ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

देवकोटाको सत्तायात्रा पहिलो पटक हुन गइरहेको हो । देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । मनांगे भने गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनांगे भौतिक पूर्वाधार मन्त्री सम्भावना छ ।

मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?