गण्डकीमा देवकोटाले गरे फ्लोर क्रस, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

लोकपथ
168
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । पाण्डेको विपक्षमा २८ प्रदेशसभा सदस्यले मत दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) र माओवादीको चुनाव चिन्हबाट सांसद बनेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मत दिए । पाण्डेको विपक्षमा भने एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।

फ्लोर क्रस गरेका सांसद देवकोटालाई माओवादीले आफ्नो सदस्यका रुपमा राख्दै आएको थियो । तर सांसद देवकोटाले भने आफू माओवादीको संसदीय दलमा नरही नेपाल समाजवादी पार्टीकै प्रदेशसभा सदस्यको रुपमा रहेको दाबी गर्दै आएका छन् । आफूलाई दलको ह्विप नलाग्ने भन्दै सांसद देवकोटाले फ्लोर क्रस गरेर काँग्रेसका पाण्डेलाई विश्वासको मत दिएका हुन् । देवकोटाले समेत विश्वासको मत दिएपछि पाण्डेको मुख्यमन्त्री पद जोगिएको छ ।

६० सदस्यीय रहेको गण्डकी प्रदेशको प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नका लागि कम्तीमा ३१ मत चाहिन्छ । देवकोटा माओवादी संसदीय दलमा रहँदा पाण्डेलाई बहुमत पुग्दैनथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?