‘साहु बा’मा ३ सय ५० भन्दा बढी कलाकार

लोकपथ
329
Shares

काठमाडौं । प्रेम, विश्वासघात र प्रतिशोधको कथा समेटिएको वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । ३ सय ५० जनाभन्दा बढी कलाकारको अभिनय रहेको यो सिरिजको टिजर सोमवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सुजय योङ निर्देशित सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय छ । प्रियंकाका अनुसार उनले यो सिरिजका लागि तीन वर्षभन्दा बढी समय दिएकी थिइन् ।

एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोमो म्युजिक एण्ड मूभिज’ एपमा सिरिज रिलिज हुनेछ । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिज २४ भागको छ । हरेक भाग एक घण्टाको रहेको सिरिजमा आयुष्मान देशराज जोशी, संगम राई र अनिस तामाङको छायांकन छ ।

सिरिजमा सुजयकै कथा, पटकथा तथा संवाद छ । ‘मैले सिरिजको स्क्रिप्ट लकडाउनको बेला तयार पारेको थिएँ । यो सिरिज नेपाली दर्शकका लागि फरक स्वादको हुनेछ,’ उनले भने । एक्सन र क्राइम जनरामा निर्मित सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, सिर्जना पौडेलको मेकअप र रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?