सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जनालाई प्रहरुले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई बैंकिङ कसूरको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

सीआईबीले ठगीको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको जनाएको छ ।

यसअघि पनि १५ फागुनमा कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए । उनीहरू चैत १ मा हाजिर जमानीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?