तीन दिनअघि नै नेपाल भित्रियो मनसुन

हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन अन्य भूभागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जाने

लोकपथ
5.4k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै आज सोमबार नेपाल भित्रिएको जानकारी दिएको छ ।

महाशाखाले हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जाने जनाएको छ ।

विभागको मौसम आगमन बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०२/२८ का दिन नेपालको कोशी प्रदेशको तल चित्रमा देखाइए बमोजिम पुर्वी भू–भागमा आगमन भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरी नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू– भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।’

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि मनसुन भित्रिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?