बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । झापामा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका–५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जी रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो।

जिल्ला अदालत झापाको २०८० चैत १४ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद, १६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रूपैयाँ क्षतिपूर्ती जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पश्चात उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?