ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । कास्कीमा ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजु रहेका छन् ।

गुबाजुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टालीले शुक्रवार पक्राउ गरेको हो ।

उच्च अदालत पोखराको २०७२ भदौ १० गतेको फैसलाले उक्त कसूरमा ९ महिना कैद र १५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई ७ महिना २९ दिन कैद सजाय र १४ लाख १५ हजार रूपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पश्चात गुबाजुलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?